काठमाडौं – नो नट अगेन अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको चेतावनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै उनले त्यसलाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन र खोज गर्न माग गरेका छन् ।
निर्वाचनका क्रममा नागरिकले आफ्नो हक र स्वतन्त्रताको शान्तिपुर्ण रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै त्रिपाठीले आयोगले जारी गरेको सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दावी गरेका छन् ।













