• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

गठबन्धनका उम्मेदवारसामु जनताको आग्रह– ‘अब समस्या बुझिदिनु पर्यो’

  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

धनगढी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु जनतामाझ गइरहेका छन् । घरदैलोका क्रममा उम्मेदवारहरुले जनताका समस्या सुनिरहेका छन् भने आफ्ना प्रतिबद्धता पनि बताइरहेका छन् ।

त्यसक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवाहरु पनि जनताको घरदैलोमा गएर मत मागिरहेका छन् । क्षेत्र नम्बर ५ को (क) क्षेत्रको वडा नम्बर १८ फुलबारीमा घरदैलोका क्रममा मतदाताले उम्मेदवारहरुसामू आफ्ना समस्या राख्दै समाधानका लागि आग्रह गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्त र प्रदेशसभा सदस्य उम्मेदवार रमेश धामीसामू आफ्ना समस्या सुनाउँदै फुलबारीको तुलसीबारीका श्रीराम चौधरीले आफ्नो टोल विगतदेखि नै हेपिएको बताए । ‘धनगढीमै हाम्रो तुलसीबारी गाउँ छ, तर यो गाउँ र वडा धेरै हेपिएको छ, हाम्रो गाउँमा अझैँ पनि पानी र बत्तीको प्रयाप्त सुविधा छैन,’ उनले भने, ‘हरेक पटक यहाँ विजुली, पानी र सडक बनाउछु भनेर नेताहरु आउने गरेको भएपनि अझैसम्म कुनै पनि विकास हुन् सकेको छैन् ।’

उम्मेदवारहरुले हरेक चुनावका बेला हामी नै टोल र गाउँको विकास गर्छु भनेर लागेपनि पछि फर्केर नहेर्ने गरेको दुखेसो पोखे । उनले अझैसम्म पनि एक घरबाट अर्को घरमा तार तानेरै विजुली बाल्नुपर्ने अवस्था रहेको बताए ।
गाउँमा पोल नै नहुँदा टोलभरी बाँसका खम्वाबाट तार तानेर घरमा उज्योलो पु¥याउनुपर्ने अवस्था आएको उनले बताए ।

टोलमा विकास गर्छु भनेर अहिलेसम्म यहाँका जनतालाई नेताहरुले झुक्याउने काम मात्रै भइरहेको उनी बताउँछन् ।
उनी जस्तै उमेशकुमार चौधरीले पनि टोलको विकास हुन नसकेको बताए । ठाउँ अनुसारको बजेट नछुट्याउदाँ समस्या भएको उनको भनाई छ ।

अहिलसम्म गाउँमा सिचाईको व्यवस्थासमेत नभएका उनले बताए । उनले बिजुलीका लागि पोल नआउँदा अहिलेसम्म बाँसमा तार तानेर बिजुली बाले पनि मिटर आउन नसकेको बताए ।

‘बत्ति बालिएको छ तर पोल छैन अझै पनि बाटोको सुविधा छैन, उनले भने, ‘नक्सामा बाटो भएपनि सडक आउन सकेको छैन् ।’ अब नेताहरु आशा मात्रै नदेखाएर जनताका समस्या पनि समाधान गर्नुपर्ने बताए । चुनावका बेला गरिएका बाँचापछि समाधान हुनुपर्ने उनको भनाई छ ।

फूलबारी १८ का हंशबहादुर तिरुवाले पनि आफ्ना समस्या राखे । अझैसम्म पनि किसानले सहज रुपमा मल तथा सिचाईको सुविधा नहुँदा समस्या भोग्नुपर्ने बताए । अझै पनि यहाँका जनताले भारतीय मलको भर पर्नुपर्ने तथा महंगोमा सिचाई गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । ‘जती नेता आएपनि आफ्नै सिटका लागि मात्रै लड्ने गरेका छन्,’ उनले भने, ‘भोटका लागि त आउँछन् तर पछि फर्किदैनन् ।,’

फूलबारीकै अमरबहादुर पौडेलले जनताका दुःख अझैसम्म नेताहरुले नबुझेको बताए । बाढीले जनताका पुरै धानबाली बगाउँदा पनि राहतको नाममा जम्मा १२ सय रुपैयाँ आएको बताए । ‘वर्षभरी खान पुग्ने अन्न बाली बिग्रिदा पनि राहतको नाममा १२ सय मात्रै पायौं,’ उनले भने, ‘आज भोलिको जमानामा त्यो पैसाले बिउ किन्न समेत पुग्दैन ।,’ राहतमा पाएको पैसाले कुखुरालाई चारो समेत किन्न नसकेको उनले बताए । एक बिगाह जमिनको धानबाली बग्दा समेत उचित राहत नपाउँदा किसानलाई समस्या भएको उनको गुनासो छ ।

जनताका समस्या सुनेपछि आफ्नो धारणा राख्दै उम्मेदवार पन्तले विगतमा कसले के गरे भन्दा पनि अब आफूले के गर्न सक्छु भन्ने विषयमा आफू सतर्क रहने बताए । उनले प्रदेश सरकारमार्फत हुन नसकेका कामहरुलाई संघीय सरकारबाट गर्न आफ्नो पहल हुने बताए ।

प्रदेश सरकारबाट गर्न सक्ने काम यहीबाटै हुन्छ, त्यसका लागि रमेश धामीलाई काम गर्ने अवसर दिनुहोस्,’ उनले भने, ‘प्रतिनिधिसभाबाट नपुगेको बजेट हाल्ने काम गर्छु । त्यसका लागि पहिले मलाई त्यहाँ पुर्याउनुपर्यो ।’

प्रदेशसभा सदस्य धामीले पनि द्वन्द्वकालमा आफ्नो आधार इलाका यही क्षेत्र भएकाले यहाँका समस्याका बारेमा जानकार भएको बताए । यहाँका समस्या समाधान गर्ने अवसर आफूलाई दिनुपर्ने उनले मतदातालाई आग्रह गरे । गठबन्धनका उम्मेदवारहरुले अहिले घरदैलो अभियानतालाई तीब्रता दिएका छन् ।

  • अब समस्या
मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.