बैतडी – पाटन नगरपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै पाटन-२ स्थित महारुद्र मन्दिरमा मेला लाग्ने हुँदा सार्वजनिक बिदा दिइएको जनाएको छ।
नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ।













