तनहुँ- चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको ज्यान गएको छ । व्यास नगरपालिका–१२ छिर्कनका जगदीश कुँवरका ८ वर्षीय छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
हिजो साँझ हजुरआमासँगै गोठमा गएका बालकलाई चितुवाले गोठको ढोकाबाट तानेर एक सय मिटर तल पुर्याएको थियो । मानिसको हल्लीखल्लीपछि चितुवाले अभिनमलाई छाडेर भागेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
चितुवाको आक्रमणबाट बालकको तत्काल मृत्यु भएको हो । यसअघि पनि तनहुँमा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेको छ ।













