कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवा निजी हेलिकप्टरमार्फत धनगढी आइपुगेका छन् । निर्वाचन आयोगको शर्त मान्दै चार दिने चुनावी प्रचार कार्यक्रमका लागि देउवा निजी कम्पनीको हेलिकप्टर चढेर धनगढी आइपुगेका हुन् ।
यसअिघ सेनाको स्काइ ट्रक प्रयोग गरेका प्रधानमन्त्री देउवालाई आयोगले निर्देशन दिएपछि निजी हेलिकप्टर चढेका हुन् ।
आयोगले प्रधानमन्त्री देउवालाई शर्तसहित सरकारी सेवा सुविधाको प्रयोग नगर्नेगरी हेलिकप्टर चुनावी प्रचारका लागि अनुमति दिएको थियो ।













