धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले आफ्नो क्षेत्रमा अहिले देखिएको विकासमा आफ्नो पनि योगदान भएको बताएका छन् । क्षेत्र नम्बर ५ अन्तर्गत वडा नम्बर १२ मा मतदाता भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको विकास आफ्नो कार्यकालमा गरेको कामको पनि निरन्तरता भएको बताए । उनले आफ्नो कार्यकालमा सडक यातायातको क्षेत्रमा यहाँका लागि साढे १२ अर्बको बजेट विनियोजन गराएको बताए । यस क्षेत्रमा आफ्नो कार्यकालको तीन वर्षमा २२ पुल पुल बनाएको र त्यसमध्ये १२ नम्बर वडा मात्रै ४ वटा पुल बनेको बताए ।
आफू कुनै फुर्ती गर्नका लागि मात्रै नभई आफूले गरेको प्रयत्नका बारेमा जनतालाई बताउन चाहिरहेको उनको भनाई छ । अहिले स्वतन्त्र उम्मेदवार भएकाले धेरै जिम्मेवारी नहुने भएकाले जनताका आवश्यकताका लागि मात्रै काम गर्ने भएकाले फेरि एकपटक त्यो अवसर प्रदान गर्न मतदातालाई उनले आग्रह गरे ।













