• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

मंसिर ४ : चेपुवामा धनगढीका मेयर !

  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

धनगढी– यसअघि वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनपछि राजनीतिक दलहरु जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कस्सिए । कैलालीमा जिससको निर्वाचनमा कांग्रेस, माओबादी र एकीकृत समाजबादीबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच छुट्टै तालमेल भएको भएको थियो । यसरी तालमेल गर्दा पनि दुबैतिर स्पष्ट बहुमत पुग्न सकेन ।

नेपाली कांग्रेसबाट विजयी मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बलनमा परेका हुँदा गठबन्धनलाई घाटा भएको थियो । तर जिल्लामा स्वतन्त्र तर्फबाट विजयी भएका धनगढी उपमहागनरपालिकाका मेयर गोपाल हमाल निर्णायक बने र उनले गठबन्धनमा मत दिएर विजयी गराए । त्यसपछि उनी कांग्रेस पक्षधर भएको भनेर चर्चासमेत भएको थियो ।

स्वतन्त्रबाट लोकप्रिय मत ल्याएर मेयरमा विजयी भएका हमालको धनगढीमा राम्रो प्रभाव छ । स्थानीय तहको चुनावमा एमालेको एक पक्ष र उनी विजयी भइसकेपछि जिससको निर्वाचपछि नगर कार्यपालिकामा कांग्रेसले साथ दिने गरेकोलगायतका कुरा चर्चामा आएको थिए । हमाललाई यी सबैको सहयोगको ऋण चुक्ता गर्नुपर्ने छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले पनि मेयर हमालसामु सहयोगको बदलामा सहयोगको अपेक्षा राखिरहेका छन् ।

यदि दलहरुलाई अगाडि गरिएको सहयोगको बदलामा सहयोग गर्ने बचन नदिएको खण्डमा भविष्यमा नगर कार्यपालिकामा उनलाई काम गर्न असहयोग नहोला पनि भन्न सकिँदैन । किनकि नगर कार्यपालिकामा दलहरुका प्रतिनिधिहरु छन् । सार्वजनिक रुपमा नभएपनि आन्तरिक रुपमै भएपनि मेयर हमालले दलका उम्मेदवारलाई सहयोग गर्ने बचन दिनुपर्ने हुन सक्छ जहाँ पछि सहयोग होस् वा नहोस् । सार्वजनिक रुपमा उनलाई कुनै दललाई सहयोग गर्ने प्रतिबद्धता जनाउन भने सहज छैन । यस अर्थमा उनी अहिले दलहरुले गर्ने आग्रहको चेपुवामा छन् ।

यति मात्रै नभई स्वतन्त्र मेयर भएकै नाताले अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले पनि मेयर हमालप्रति सहयोगको अपेक्षा राखेको पाइएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारहरुले स्वतन्त्रबाट मेयरमा हमाल विजयी भएको उदाहरण मात्रै दिँदैनन् आफूलाई पनि त्यसरी नै सहयोग हुने र विजय प्राप्त गर्ने बताइरहेका छन् । यसको अर्थ हमाललाई विजयी गराउने मतदाताले आफूलाई पनि मत दिने अपेक्षा गरेको बुझिन्छ । उनीहरुले मेयर हमाललाई सहयोगको आग्रह गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा मेयर हमाललाई विजयी गराउन अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका ओझाको पनि महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । यस पटक मेयर हमाललाई पुस्करनाथ ओझालाई पनि सहयोग गर्नुपर्ने नैतिक दबाव पर्न सक्छ ।

हमाललाई जिताउन प्रदेश (क)बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार रमेशकुमार बस्नेत र (ख)का स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीको पनि भूमिका रहेको चर्चा थियो । सोही कारण पनि स्वतन्त्र उम्मेदवारहरुले मेयर हमालप्रति सहयोगको अपेक्षा राख्नु स्वभाविक हुनसक्छ । यद्यपि स्वतन्त्रबाट विजयी भएका हमालले अहिलेसम्म कुनैपनि दल वा स्वतन्त्र उम्मेदवालाई सहयोग गर्ने प्रतिबद्धता वा अभिव्यक्ति बाहिर आएको छैन ।

स्थानीय तहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेका बेला आगामी निर्वाचनमा पनि केही नयाँ परिदृष्य देखिन सक्ने आँकलन गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट गठबन्धन साझा उम्मेदवार डिल्लीराज पन्त, नेकपा एमालेका उम्मेदवार नारदमुनि राना, स्वतन्त्रबाट पुस्करनाथ ओझाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यस क्षेत्रको प्रदेश (क)मा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका नेता रमेश धामी, एमालेका तर्फबाट नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टी श्रीराम चौधरी, राप्रपाबाट पुस्करदत्त भट्ट र स्वतन्त्रबाट रमेश बस्नेत उम्मेदवार बनेका छन् । यस्तै प्रदेश (ख)मा नेपाली कांग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस (बीपी)बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

  • गोपाल हमाल
शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.