आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार चुनावभर लाइसेन्स आवेदन बन्द हुने भएको हो।
विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने जानकारी गराएको छ। अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले बताएको छ।
निर्वाचनका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको अयोगले जनाएको छ।















