धनगढी- नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मी शाह नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शाहलाई धनगढीस्थिति निजी निवासमा टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
काँग्रेसको राष्ट्रियता समाज वाद लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसात गर्दै शाहले प्रवेश गरेकी थिइन् ।













