धनगढी– कैलाली निर्वाचन क्षेत्र न ५ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार डिल्लीराज पन्तले आफ्नो संघर्षककै कारण पार्टीले आफूलाई विश्वास गरेको बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ काे घरदैलो कार्यक्रमका क्रममा उमेदवार पन्तले आफू पनि पार्टीबाट पेलिएको बताए ।
‘नेपाली कांग्रेस भित्र मेरो पनि देन, जेलनेल भोगेँ, मैले पनि संर्घष गरेको हुँ,’ उनले भने, ‘त्यही कारणले म यहाँ पुगेको हुँ । २०४६ सालदेखि २०७४ सालसम्म मेरो दलले कुनै पनि स्थान दिएको थिएन ।’ उनले अहिले आएर पार्टीले आफूलाई विश्वास गरेरको बताए ।
उनले २०७४ मा आएर पार्टीले आफ्नो आवश्यकता महसुस गर्दै प्रदेश सभा सदस्यका लागि अवसर दिएको र विजय पनि भएको उम्मेदवार पन्तले बताए । यसपटक पनि जनताले आफूलाई जिताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।













