• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

शोकमा डोटीको गैरागाउँ

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

दीपायल- पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर आउनुभएको थियो। उहाँ घर आउनुअघि नै परिवारमा नयाँ घर बनाउने सल्लाह भएको तर घर नबन्दै भूकम्पका कारण पुरानो घर भत्किँदा च्यापिएर उनको निधन भयो। उनकी ८१ वर्षीया आमा खिनादेवी बोहराका अनुसार प्रेमले परिवारसँगै खाना त खानुभयो तर पूरा रात निदाउन भने पाउनुभएन।

अबेर घर पुग्नुभएका प्रेम छोराछोरीका लागि ल्याइदिएका लुगा दिँदै हुनुहुन्थ्यो। यत्तिकैमा बेलुकी ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्पको पहिलो झट्का आयो। “सन्दुक बज्न थाले। छोराले खानाको थालमा हात के लगाएको थियो, पूरै घर हल्लियो, गोठमा भएका चौपाया कराउन थाले,” आमा खिनादेवीले भक्कानिँदै भने, “नराम्रो सङ्केत त्यतिखेरै देखिएको थियो तर घर नै भत्केला भन्ने सोच्नै सकेनौँ।”

प्रेमकी श्रीमती बिस्नादेवीले यस्तो भूकम्प पटक–पटक आउने जाने गरेकोले परिवारका सदस्यलाई नडराउन भन्नुभयो। त्यसपछि आफूहरू खाना खाएर सुतेको खिनादेवीले बताए ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा ९ बजेको भन्दा ठूलो धक्का आयो। घरको तल्लो तलामा निदाउनुभएकी आमा आत्तिएर बाहिर आउनुभयो। गाउँभरि कोलाहल मच्चियो। खिनाले सुनाइन् , “पूरै घर भत्केको थियो। आँखा पनि देखिनँ, छामछुम गरेर हेर्दा पनि भेट्टाउन सकिनँ। नाति रोएकोबाहेक केही सुन्नै सकिनँ।”

घटनामा प्रेम, उनकी श्रीमती बिस्ना र छोरी तुल्सी घरमा च्यापिएको अवस्थामा फेला पारेको स्थानीयवासी बताउँछन्। प्रेमको घटानस्थनमै निधन भयो भने उहाँकी श्रीमती बिस्ना गम्भीर घाइते भएकी छन् । पाठेघरमा घम्भीर चोट लागेका कारण जिल्लामा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।

भूकम्पका कारण गैरागाउँका नौवटा घरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा एकै परिवारका तीन जनासहित छ जनाले ज्यान गुमाउनु परेको छ। सोही गाउँका थप सात जना घाइते भएका छन्। एउटै टोलका, छिमेकीको निधन र घाइते भएपछि सो गाउँ शोकमा डुबेको छ।

मृतक र घाइते गाउँले मात्र नभएर एउटै वंशजका भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले बताए । “२०३७ सालपछि भूकम्पबाट मानवीय क्षति अहिले मात्रै भएको हो,” उनले भने, “उक्त गाउँ मात्रै नभएर पूरै गाउँपालिका शोकमा छ। एकै दिन, एकै पटक यति धेरै गाउँपालिकावासी गुमाउनु पर्दाको पीडा हामीलाई झन् बढी छ।”

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार सो गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्यु भएको हो। मृतक सबैको बुधबार एकसाथ दाहसंस्कार गरिएको छ।

  • शोकमा
बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.