डोटी – डोटीमा पानी ट्यांकर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । डडेलधुराको आलिताल बस्ने ३८ वर्षीय दानबहादुर धामीको दुर्घटनामा मृत्यु भएको हो ।
दिपायलबाट सडक मर्मतका लागि पानी लैजाने क्रममा केआईसिंह गाउँपालिका-४ काफलीमा बिहान ना २ ख ६८२६ नम्बर को पानी ट्यांकर पल्टेको थियो ।
पानी ट्यांकर मुल सडकदेखि ६० मिटर तल खसेको वायल प्रहरी चौकीका प्रहरी प्रमुख सहायक निरीक्षक चह्नसिंह कार्कीले जानकारी दिए ।
घटनास्थलबाट उद्धार गरेर उपचारका लागि पठाउँदै गर्दा उनको निधन भएको प्रहरी सहायक निरीक्षकले कार्कीले बताए ।













