काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले २८ वर्ष सरकारमा बस्दा एउटा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले एकै ठाउँमा बसेर आफूले गरेको सयौँ कामहरू आफूले गरेको देखाउन सक्ने बताए।
उनले गठबन्धनका नेताहरूलाई आफूहरूले गरेको एउटा काम देखाउन चुनौती दिए।
‘म शेरबहादुरजीलाई भन्न चाहन्छु। तपाईँले पाँच पटक प्रधानमन्त्री हुँदा के गर्नुभयो ? एउटा काम चाहिँ के गर्नुभयो। तपाईँले प्रधानमन्त्री र गृहमन्त्री हुँदा आतंक मात्रै मच्चाउनुभयो। उनले भने । एमालेका ३० हजार कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाउनुभयो। सयौँ नेता नेता कार्यकर्ता गिरफ्तार भए।’
पञ्चायत फालेर बहुदलीय व्यवस्था आएपछि देउवा गृहमन्त्री भएको आफू कम्तीमा ५० पटकभन्दा धेरै गिरफ्तार भएको दाबी गरे। उनले शान्तिपूर्ण रूपमा बसिरहेका १२२ जनालाई गोली हानेर हत्या आरोप लगाए।
उनले भने, ‘असोज १८ भनेको तपाईँहरूले सुन्नुभएकै होला। लडेर ल्याएको लोकतन्त्र उहाँले लगेर दरबारमा बुझाउनुभयो। माघ १९ मा उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले सत्ता दरबारमा बुझाएर प्रतिगमन गर्नुभयो।’
संविधान मिचेर प्रतिगमन देउवाले गरेपछि आफूहरूले आन्दोलन गरेर यो अधिकार फिर्ता ल्याएको बताए।













