कैलाली – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी पुगेका छन् । भोलि बुधबार गृह जिल्ला डडेल्धुरा र बैतडीमा हुने कार्यक्रममा सहभागी हुन देउवा आज धनगढी आएका हुन् ।
केही बेर पहिले देउवा धनगढी पुगेको कांग्रेस कैलाली सचिव नृप सुनारले जानकारी दिए । उनका अनुसार आज देउवा धनगढी बस्ने र भोलि डडेल्धुरा जाने छन् ।
देउवाले भोलि डडेल्धुराका तीन क्षेत्र तथा बैतडीको एक क्षेत्रको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवा यसअघि पनि चुनावी सभामा सहभागी हुन गृह जिल्ला आएका थिए ।













