सुदूरपश्चिम प्रदेशमा फेरी भूकम्प भएको छ । अछाम केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार साँझ जिल्लाको बाब्ला केन्द्रबिन्दु बनाएर ४. २ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ६ बजेर ८ मिनेटमा अछामलाई केन्द्रबिन्दु बनाएर ४. २ म्याग्निच्युडको भूकम्प गएको हो ।
गत बुधबार डोटी खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ .६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए।













