काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। यी प्रदेशका हिमाली भू–भागका एक दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ।













