धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा जाने भएका छन् ।
मंगलबार साँझ धनगढी पुगेका देउवा नेता तथा कार्यकर्तासंगको भेटघाटपछि आजै डडेल्धुरा जाने भएका हुन् ।
कैलाली सचिव नृप सुनारका अनुसार आजैे डडेल्धुरा जाने भएका हुन् । यस्तै उनी सम्भव भएसम्म आजै धनगढी फर्किएर अछाम जान सक्ने उनले बताए ।
डडेल्धुरापछि अछामको मंगलसैन र कञ्चनपुरको कार्यक्रममा पनि सहभागि हुने कार्यक्रम रहेको जिल्ला सचिव सुनारले बताए । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए ।













