भक्तपुर- भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान मध्यपुर ठिमी नगरपालिका- ६, राइटोलमा रहेको कच्ची घरमा आगलागी हुँदा २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको हो ।
आत्मराम केसीको तीनतल्ले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
आगलागीमा परी घाइते भएकी १४ वर्षीया नित्मा केसीको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।













