धनगढी – धनगढी यातायात व्यवस्था कार्यालय कैलालीले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने भएको छ। कार्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने भएको हो।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो कार्यालयमा कार्यरत कर्मचारीहरु खटिने भएको हुँदा आज एक बिज्ञप्ती जारी गर्दै उक्त अवधिमा सम्पूर्ण सेवा बन्द रहने सूचनामार्फत जनाइएको छ ।
















