धनगढी– कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार धनगढी उपमहानगरपालिका-१५ शान्तीकटानमा स्थानीय अमर सार्कीका दुई वर्षीय बालक धिरज सार्कीको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो ।
आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर घाइते भएका बालकलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।















