कञ्चनपुर- भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार भिमलको रुखमा स्याउला काट्ने बेला उनलाई करेन्ट लागेको हो।
भिमलको हाँगा मेनलाइनमा छोइएपछि उनको घटुनास्थलमै मृत्यु भएको हो ।













