विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
काठमाडौ- मंसिर ४ गते (आइतबार) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि अर्थात् स्थिर समय चलिरहेको छ। अब मत गणना नसकिँदासम्म चुनावी प्रचार गर्न पाइँदैन। हिजो बिहीबारसम्म विभिन्न पार्टी तथा नेताका पक्षमा खुलेर भोट मागिरहेका कलाकार पनि अब चुपचाप बस्नु पर्नेछ।
यसैबीच कलाकार दीपकराज गिरीले भने सामाजिक सञ्जालमार्फत नेताहरूलाई व्यंग्य गरेका छन्। उनले फेसबुकमा नयाँ नेताले चुनाव जितेको खण्डमा कम्तीमा २ वर्ष देशमा भ्रष्टाचार नहुने टिप्पणी गरेका हुन्। उनले नयाँ नेतालाई कसरी घुस खाने भनेर सिक्न दुई वर्ष लाग्ने भएकाले दुई वर्ष देशमा भ्रष्टाचार नहुने तर्क गरेका हुन्।
गिरीले फेसबुकमा लेखेका छन्, ‘नयाँ–नयाँ नेताहरुले जितेर गए भने घुस कसरी खाने भनेर सिक्न २ वर्ष लाग्छ, कमसेकम देशमा २ साल भ्रष्टाचारको दर त कम हुने भो !’

