काठमाडौं – निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान केन्द्रमा समानुपातिकतर्फको उम्मेदवारको प्रतिनिधि नराखिने जनाएको छ । राजनीतिक दलबाट प्रत्यक्षतर्फका उम्मेदवारका प्रतिनिधि मात्रै निर्वाचन केन्द्रमा प्रतिनिधि राखिने आयोगले स्पष्ट पारेको हो ।
समानुपातिकतर्फका उम्मेदवारले आफ्नो प्रतिनिधि पनि निर्वाचनको दिन मतदान केन्द्रमा राख्नुपर्ने माग गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फका उम्मेदवारका प्रतिनिधसमेत निर्वाचन केन्द्रमा राख्दा भीडभाड बढ्ने भएकाले आयोगले नराख्ने निर्णय गरेको बताए ।













