तेह्रथुम- लालीगुराँस नगरपालिका- ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।
रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।















