कञ्चनपुर- बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित आइतबार दिउँसो भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट उनको नाक र निधारमा चोटपटक लागेको छ। घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।















