स्याङ्जा- गल्याङ नगरपालिकामा पनि गोली चलेको छ । त्यहाँ प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो । स्याङ्जाकै चापाकोटमा पनि यसअघि प्रहरीले गोली चलाएको थियो ।
गल्याङको आदर्श माविमा गोली चलेको हो । आज मतदानको दिन देशभर १ सय १५ राउण्डभन्दा बढी हवाई फायर भएको प्रहरीले जनाएको छ ।
यसअघि बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।













