कैलालीमा अहिले सम्म जम्मा ६३ प्रतिशत मात्रै मत खसेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जम्मा ५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६३ प्रतिशत मात्रै मत खसेको हो । केही स्थानको विवरण भने आउन बाँकी छ ।
कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ । मत गणना भने भोलिदेखि सुरु हुने बताइएको छ ।













