दार्चुला- दार्चुलामा एक युवाको शव फेला परेको छ। जिल्लाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह विष्टको शव फेला परेको हो। मृतक विष्टको घर सोही गाउँपालिका–४ डोकटमा पर्छ।
३ गते रातिबाट बेपत्ता विष्टको शंकास्पद अवस्थामा शव भेटिएको हो। आइतबार भोट हाल्न नआएपछि स्थानीयले उनको खोजी गरेका थिए।विष्ट नेकपा एमालेका स्थानीय कार्यकर्ता रहेको खुलेको छ। उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए। निर्वाचनको अघिल्लो दिन त्यही क्षेत्रमा कांग्रेसको प्रचारमा खटिएको एउटा मोटरसाइकलमा पनि अपरिचित व्यक्तिले आगजनी गरेका थिए। उक्त मोटरसाइकल पूर्व गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको थियो।















