धनगढी – कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ। अहिलेसम्म ५ हजार १०५ मत गणना हुँदा उन्मुक्तिका गङ्गा चौधरीले १६ सय १ मत पाएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले १३ सय मत पाउँदा राप्रपाका वीरेन्द्र बमले १ हजार ५० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ८०० मत पाएका छन्।















