धनगढी- कैलाली क्षेत्र नम्बर–५ को मतगणना भोलि बिहान ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।
यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।
कैलाली ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।














