धनगढी- कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। उक्त निर्वाचन क्षेत्रमा सोमबार रातिबाट मतगणना सुरु भएको हो। जम्मा एक लाख चार हजार नौ सय ६ मतदाना रहेको क्षेत्र नम्बर २ मा ६० हजार ६ सय २९ मत खसेको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन्।















