धनगढी- कैलालीको क्षेत्र नम्बर–५ मा एमालेका नादरमुनि रानाले सुरुवाती अग्रता लिएका छन् । उनले ७२८ मत ल्याएले अग्रता लिएका हुन्। उनलाई नेपाली कांग्रेसकाबाट सत्ता गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ५८० मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २३६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्टले १२७ मत पाएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले १३१ मत ल्याएका छन्।













