धनगढी- कैलाली क्षेत्र नं. ४ मा नेकपा एमालेका लेखराज भट्टले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टले ७ हजार ५ सय २७ मत पाएका छन् ।
उनका प्रतिद्धन्दी कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ६ हजार ८४३ मत प्राप्त गरेका छन् । भट्ट बलायर भन्दा ६ सय ८४ मतले अघि रहेका छन् । यहाँ हालसम्म १७ हजार ७६५ मत गणना भएको छ ।













