धनगढी- डडेल्धुरामा हाल सम्म भएको मतगणनामा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन्। २७ हजार ९६१ मत गणना हुँदा सम्म देउवाले १३ हजार ८५९ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्।
ढकालको मत ७ हजार २३७ छ। कांग्रेस बिपीका कर्णबहादुर मल्ल ४ हजार ८३ मत सहित तेस्रो स्थानमा छन्। यहाँ १ हजार ७५७ मत बदर भएका छन्।













