धनगढी – कैलाली क्षेत्र न ४ मा हाल सम्मको मतगणनामा अहिले वीरबहादुर बलायर अघि देखिएका छन् ।
कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले १२हजार १३४मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी लेखराज भट्टले १२ हजार ३४ मत पाएका छन् । भट्ट र बलायरको मतान्तर १०० रहेको छ । यस क्षेत्रमा दुवैको प्रतिस्पर्धा कडा देखिएको छ ।













