धनगढी- कैलालीको क्षेत्र नम्बर–५ मा प्रतिनिधि सभा तर्फ एमालेका नारदमुनी रानाले अग्रता लिएका छन् ।
जारी मत गणना अनुसार अहिले सम्म ३ हजार ५५६ मत गणना गर्दा रानाले १२ सय ८० ल्याएका छन् ।
यस्तै, बाम गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले १०३९ मत ल्याउँदै दोस्रो र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् । ओझाले ४५३ मत ल्याएका छन् ।













