काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचित भएकी छन् । एमालेका अमृत खड्कालाई पराजित गर्दै रास्वपाकी कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ८ हजार २२३ मत पाए ।
माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।













