धनगढी- कैलालीको क्षेत्र नम्बर–५ मा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार डिल्ली राज पन्तले अग्रता लिएका छन् ।
अहिलेसम्म ११ हजार २ सय ४२ मत गणना हुँदा बाम गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ३ हजार ८ सय ९१ मत लाएर अग्रता लिएका हुन् । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले ३ हजार ७ सय ७६ ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् । उनले १ हजार ६ सय ८१ मत ल्याएका छन् ।















