धनगढी- बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा विजयी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका पूर्व प्रमुखसमेत रहेका राणाले जसपाका मोहम्मद इस्तियाक राईलाई पारजित गरेका हुन् ।
एमाले नेतृत्वको गठबन्धनमा राप्रपा, राप्रपा नेपाल, जसपालगायतका पार्टी निर्वाचनमा होमिएका भएपनि बाँके २ मा भने सो अनुसार सहमति हुन सकेको थिएन । राप्रपाबाट राणा र जसपाबाट राईबीच सहमति नभएपछि दुवै जना चुनावी मैदानमा उत्रिएका थिए ।
अन्तिम नतिजा अनुसार राणाले २९ हजार ५७७ मत ल्याएर विजयी भए भने राईले २३ हजार ५२० मत ल्याएका छन् ।
राई यसअघि सोही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै पटक पटक मन्त्री भइसकेका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत मात्रै ल्याएका छन् ।













