धनगढी- डोटीको निर्वाचन क्षेत्र नम्बर २ बाट शिव सिँह ओली विजयी भएका छन्। उनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव पनि हुन् ।
उनले १४ हजार४७ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन्। बमले १३ हजार १२८ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार मोहन बमले १ हजार ३२७ मत ल्याएका छन।
उक्त क्षेत्रमा ३० हजार २३४ मत खसेको थियो। २८ हजार ५०२ मत सदर भएका छन भने १ हजार ७३२ मत बदर भएका छन्।













