काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र नं.१ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याए। उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।

