धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस डिल्लीराज पन्तले ४७६ मतले अग्रता लिएका छन् । १४ हजार ४६६ मत गणना गर्दा उनले ४ हजार ९३३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले ४ हजार ४५७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २ हजार ९३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।













