धनगढी- कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका रमेश लेखक बिजयी भएका छन् । उनले एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गरे । एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।
९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।३ हजार ६९९ मत बदर भएको छ ।













