बझाङ – बझाङ प्रदेशसभा १ मा गठबन्धनका पृथ्वीबहादुर सिंह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार ११२ मत प्राप्त गरे । ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका छन् ।
राप्रपाका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका छन् ।















