अछाम- अछाम क्षेत्र नम्बर १ ‘क’ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली काङ्ग्रेसका मेघराज खड्काको जित सुनिश्चित भएको छ ।
गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिएपछि खड्काको जित निश्चित भएको हो । उनी प्रतिद्वन्दी एमालेका देवबहादुर कुँवर भन्दा ५ हजार २२८ मतले अगाडि छन् । अब जम्मा ३ हजार ६४५ मत मात्रै गणना गर्न बाँकी छ ।
खड्काले १० हजार २८८ ल्याएका छन् भने कुँवरले ५ हजार ६० मत ल्याएका छन् ।













