धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका डिल्लीराज पन्तले १३०१ मतले अग्रता लिएका छन् । हाल सम्म १७ हजार ३११ मत गणना गर्दा पन्तले ५ हजार ८८३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले ४ हजार ५८२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २ हजार ३५५ मत पाउदै तेस्रोमा छन् ।















