अछाम– अछाम १ को ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का विजयी भएका छन् । उनले एमालेका देवबहादुर कुँवरलाई ५ हजार ८ सय ४० मतान्तरले पराजित गरेका हुन् ।
बुधबार राति सार्वजनिक अन्तिम मत परिणाम अनुसार खड्काले कुल १२ हजार ३ सय ३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुँवरले ६ हजार ४ सय ९७ हजार मत पाए ।













