डडेल्धुरा- डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार जोशीले ११ हजार १ सय ७० मत ल्याएका हुन भने नेपाली काँग्रेसका उम्मेदवार बोहराले १० हजार ६ सय ९० मत पाएका ल्याएका हुन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशी आसन्न निर्वाचनमा डडेल्धुरा प्रदेश २ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए । तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन ।
गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेल्धुरा प्रदेश २ कांग्रेसको भागमा र्पयो भने डडेल्धुरा प्रदेश १ नेकपा माओवादी केन्द्रको भागमा । टिकट नपाएपछि जोशीले नेकपा एसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।













