धनगढी- कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले ७ हजार ६०३ मत पाएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले ५ हजार ७ सय १३ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले ५ हजार ५०२ मत प्राप्त गरेका छन् ।













