बाँके- बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति ४ हजार ७९३ मतान्तरले पराजित गरे । राठौरले २९ हजार ४० मत ल्याए भने कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।
तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गरे ।















